१३ आश्विन २०८१, आइतबार

राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्डलाई दिए समवेदना

प्रकाशित मिति :  12 July, 2023 12:12 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समवेदना दिएका छन् ।

सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताउँदै राष्ट्रपति पौडेलले बुधबार बिहान प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर दुःख व्यक्त गरेका हुन् ।

पौडेलले प्रधानमन्त्रीसहित शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना पनि प्रकट गरेका थिए ।

सीता दाहालको आज बिहान साढे ८ बजे उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । उनको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !