१३ आश्विन २०८१, आइतबार

बढ्यो सुनचाँदीको मूल्य

प्रकाशित मिति :  12 July, 2023 12:21 pm


काठमाडौँ । सुनचाँदी बजारमा आज वुधबार छापावाला सुनको मुल्य बढेको छ । २ दिन लगातार स्थिर रहेको छापावाला सुन आज तोलामा ३०० रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको विवरण अनुसार आज छापावाला सुनको मुल्य तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ११ हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

महासंघको अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । २ दिन लगातार १३९५ रुपैयाँमा कारोबार भएको सुन आज वुधबार तोलामा ५ रुपैयाँ बढेर तोलाको १४०० रुपैयाँ कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !