१३ आश्विन २०८१, आइतबार

प्रधानमन्त्री पत्नी स्वर्गीय दाहालको राजकीय सम्मानसहित अन्त्यष्टी गरिने

प्रकाशित मिति :  12 July, 2023 1:24 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी स्वर्गीय सीता दाहालको राजकीय सम्मानसहित अन्त्यष्टी गरिने भएको छ ।

प्रधानमन्त्री दाहाल पत्नी सीता दाहालको आज बिहान ८ः३३ बजे निधन भएको हो ।

आकस्मिक रुपमा आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स्व. दाहालको अन्त्यष्टी राजकीय सम्मानसहित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सीतालाई नेपाली सेनाको एक टुकडीले अन्तिम सलामी दिने छ ।

उनले भनिन्,“ दिवंगत सीता दाहालको अन्त्यष्टीको समयमा राजकीय सम्मान स्वरुप नेपाली सेनाको दुई सेनामुख स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने पनि निर्णय गरको छ ।”

मन्त्रिपरिषद् बैठकले स्व. दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेको छ ।



प्रतिक्रिया दिनुहोस !