१३ आश्विन २०८१, आइतबार

मेयर बालेन्द्र शाहबिरुद्ध महानगरपालिकाको कार्यालय अगाडि ‘इनफ इज इनफ’ समूहको बिरोध प्रदर्शन

प्रकाशित मिति :  12 July, 2023 1:50 pm


काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबिरुद्ध महानगरपालिकाको कार्यालय अगाडि ‘इनफ इज इनफ’ ले बिरोध प्रदर्शन गरेको छ ।

‘इनफ इज इनफ’ले काठमाडौं महानगर अगाडि मेयर बालेन शाहबिरुद्ध ठेलागाडा लगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको हो ।

‘इनफ इज इनफ’ले मेयर बालेनले महानगरभित्र व्यापार गर्ने साना व्यापारीहरूको व्यवस्थापनका गर्नुपर्ने माग राखेको छ ।

महानगरमा जीविकोपार्जन गर्न थोरै आय स्रोतका लागि साना व्यापार गर्नेहरु माथि भएको ज्यादती बिरुद्ध प्रदर्शन गरिएको सयल श्रेष्ठले बताए । उनले जीविकोपार्जन गर्न व्यापार गर्नेहरू माथि महानगरले फोहोरको जस्तो गरी दुव्र्यवहार गरेको बताए ।

त्यस्तै प्रदर्शनमा सहभागि सौरभ न्यौपाने फुटपाथ व्यवस्थापन मेयर शाहले निर्वाचनको बेला दिएको आश्वासन पूरा गर्न नसकेको बताए । उनले मेयर बालेन्द्रले निर्वाचनको बेला बोलेको कुरा बिर्सिएकाले बिरोध प्रदर्शन भन्दा पनि सम्झाउन युवाहरू भेला भएको बताए ।



प्रतिक्रिया दिनुहोस !