१३ आश्विन २०८१, आइतबार

रोल्पा रुन्टीगढी गाउँपालिका वडा नं ४ का अध्यक्ष टंक पुनको निधन

प्रकाशित मिति :  12 July, 2023 2:18 pm


रोल्पा । रोल्पा रुन्टीगढी गाउँपालिका वडा नं ४ का निर्वाचित वडा अध्यक्ष टंक पुनको निधन भएको छ ।

उपचारका क्रममा दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मध्यान्न १२ निधन भएको हो ।

अस्पतालले मध्यान्न १२ बजे वडाअध्यक्ष पुनको निधन भएको जानकारी गराएको गाउपालिका उपाध्यक्ष सरिता केसीले जानकारी दिइन् । स्क्रब टाइफस भएकाे भन्दै उपचारका लागि पुन असार २५ गते अस्पताल पुगेका थिए ।

अस्पतालले अवस्था समान्य भन्दै डिस्चार्ज गरेको थियो ।

दाङमै आफन्तको घरमा बसेका वडाअध्यक्ष पुनलाई हिजो असहज भएपछि फेरि भर्ना गरिएको थियो ।

भर्नापछि आईसीयूमा राखिएका पुनको आज मध्यान्न १२ बजे निधन भएको अस्पतालले जानकारी गराएको उपाध्यक्ष केसीले जानकारी दिइन् ।

अस्पतालले लापरर्बाही गरेको आशंकामा आफूहरू अस्पताल प्रशासनसँग छलफलमा रहेको उनको भनाई छ ।

उपाध्यक्ष केसीले भनिन्,“आफै रोल्पाबाट बाइक चलाएर आएको व्यक्तिलाई अस्पतालले राम्रोसँग ध्यान दिएन देखियो । किन अस्पतालले डिस्चार्ज गर्‍यो ? यो लापरबाही हो हामी छलफलमा छौँ ।”



प्रतिक्रिया दिनुहोस !