१३ आश्विन २०८१, आइतबार

नेप्से २५ अंकले बढ्दा, ३ कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट

प्रकाशित मिति :  12 July, 2023 3:30 pm


काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक २५.३१ अंकले बढेर २०९७.५५ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ३.२८ अंकले बढेर ३९२.१५ अंकमा पुगेको छ ।
नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ११ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी २ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।
बुधबार कारोबार रकमका आाधारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३३ करोड ९३ लाख ५१ हजार १ सय १ रुपैयाँको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा शिवश्री हाइड्रो,सिवाईसी नेपाल लघुवित्त, रिभर फल्स पावर लिमिटेड कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी तीनै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै आजको दिन रावा इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर नकरात्मक सर्किट लागेको छ ।
कुल २८९ कम्पनीको ८ करोड ५० लाख ४ हजार ३ सय ७८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार ७ सय ७४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !