१३ आश्विन २०८१, आइतबार

राजकीय सम्मानका साथ दाहालको अन्त्येष्टि, प्रधानमन्त्री प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती

प्रकाशित मिति :  12 July, 2023 4:15 pm


काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बुधबार उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् ।

दाहसंस्कार गर्नुअघि उनलाई राजकीय सम्मान दिइएको थियो । उनको अन्तिम सं‌स्कारमा शीर्ष दलका नेताहरुसहित कार्यकर्ताहरु अन्तिम श्रद्धाञ्जलीको लागि आर्यघाट पुगेका थिए ।

दाहालको बुधबार बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो । उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो ।



प्रतिक्रिया दिनुहोस !