१३ आश्विन २०८१, आइतबार

वडाध्यक्षको मृत्युमा रुन्टीगढी गाउँपालिकाले दियो शोक विदा

प्रकाशित मिति :  13 July, 2023 7:28 am


उमा केसी –

रोल्पाको रुन्टीगढी गाउँपालिले आज शोक विदा दिएको छ । हिजो मृत्यु भएका रुन्टीगढी गाउँपालिका वडा नंं ४ का वडाध्यक्ष टंकवहादुर पुनको शोकमा गाउँपालिकाले आज शोक विदा दिएको हो ।

वडाध्यक्ष पुनको स्क्रव टाईफाईटका कारण मृत्यु भएको थियो ।

घरमा विरामी परेका वडाध्यक्ष पुन गाउँकै स्वास्थ्य संस्थामा सामान्य उपचार पछि थप उपचारका लागी दाङको राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा भर्ना भएका थिए । प्रतिष्ठानमा उपचाररत पुनको हिजो मृत्यु भएको हो ।

वडाध्यक्ष पुनको मृत्युमा शोक मनाउन गाउँपालिकाले आज गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु र विद्यालयहरु वन्द रहने वताएको छ ।

नेपाली काँग्रेसबाट निर्वाचित ४१ वर्षिय वडाध्यक्ष पुन मंगलवार एक्कासी विरामी परेका थिए ।



प्रतिक्रिया दिनुहोस !