१३ आश्विन २०८१, आइतबार

यस्ताे छ बिहीबारकाे माैसम

प्रकाशित मिति :  13 July, 2023 8:20 am


काठमाडाैँ । बिहीबार बिहानदेखि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेशका ‍केही स्थानमा पानी परिरहेकाे छ । जल तथा माैसम विज्ञान विभागका अनुसार बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहकाे तथा कोशी र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ।

बिहीबार दिउँसाे देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ। विभागकाे बुलेटिनमा भनिएकाे छ, “कोशी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ, मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।” 

बिहीबार राती सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना छ भने मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !