१३ आश्विन २०८१, आइतबार

मन्त्रालयले फोहोरमैला व्यवस्थापनका लागि स्थानीय तहहरुसँग समन्वय गरिरहेको छः मन्त्री गुरुङ

प्रकाशित मिति :  13 July, 2023 1:25 pm


काठमाडाैं । शहरी विकासमन्त्री सीता गुरूङले फोहोरमैला व्यवस्थापनका लागि मन्त्रालयले स्थानीय तहहरुलाई सहयोग तथा सहजीकरण गरिहेको बताएका छन् । 

बिहवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री गुरुङले मन्त्रालयले फोहोरमैला व्यवस्थापनका लागि स्थानीय तहलाई सहयोग, समन्वय र सहजीकरण गरिरहेको बताए ।

उनले भने ‘शहरी विकास मन्त्रालय अन्तर्गत फोहोरमैला व्यवस्थापन प्राविधिक सहायता केन्द्र स्थापना भई स्थानीय तहलाई सहयोग, समन्वय तथा सहजीकरण गरिरहेको छ । मन्त्रालयबाट नै बन्चरेडाँडाँ, वीरगञ्ज, नेपालगञ्जमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण भइ सञ्चालनमा आइसकेको छ ।’

उनले बन्चरेडाँडाँ, वीरगञ्ज र नेपालगञ्जमा मन्त्रालयले नै फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरी हाल सञ्चालनमा आइसकेको बताए ।

उनले आगामी आर्थिक वर्षमा विभिन्न स्थानीय तहहरुमा फोहोरमैला व्यवस्थापन कार्यको बिस्तृत योजना तयार गर्नेगरी बजेट विनियोजन गरेको छु । 

उनले भने आगामी आर्थिक वर्षमा समेत विभिन्न स्थानीय तहहरुमा फोहोरमैला व्यवस्थापन कार्यको बिस्तृत योजना तयार गर्नेगरी बजेट विनियोजन गरेको कुरा जानकारी गराउन चाहन्छु । काठमाडौं उपत्यकाको बढ्दो शहरीकरणलाई व्यवस्थित गर्न उपत्यकाको निशान कोणमा एक लाख रोपनी र अन्य तिनवटा कोणमा दश÷दश हजार रोपनीको तिनवटा गरी कुल एक लाख तिस हजार रोपनीको चारवटा उपसहर विकासको लागि सम्भाव्यता अध्ययन भइसकेको छ ।

मन्त्री गुरुङले संघीय संसद भवन, मन्त्री निवास, प्रदेश प्रमुख र मुख्य मन्त्री आवास तथा सम्पर्क कार्यालयहरु आगामी आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न गर्नेगरी बजेट विनियोजन गरिएको स्पष्ट पारे।



प्रतिक्रिया दिनुहोस !