१३ आश्विन २०८१, आइतबार

श्रम स्वीकृत लिएर कुवेत हिडेका ११७ श्रमिकलाई कागजात नमिलेको भन्दै अध्यागमनले फर्कायो

प्रकाशित मिति :  13 July, 2023 2:08 pm


काठमाडौं । कुवेत जानको लागि श्रम स्विीकृति लिएर विमानस्थल पुगेका ११७ जनालाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फिर्ता पठाएको छ ।

अध्यागमनले भिसा शंकास्पद रहेको भन्दै बुधबार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत कुवेतमा जान लगेका १६ जना गरी कुल ११७ श्रमिकलाई विमानस्थलबाट फर्काएको हो ।

विमानस्थलमा सोधपुछको क्रममा श्रमिकको पासपोर्टमा एउटा खालको भिसा र व्यागमा अर्को खालको भिसाको कागजात भेटिएपछि उनिहरुलाई फिर्ता गरेको अध्यागमनले जनाएको छ ।

अध्यागमन स्रोतका अनुसार कुवेतमा घरेलुकामदारको रुपमा जान पाइँदैन तर, म्यानपावरहरुले फरक भिसा कागज बनाएर कुवेत पठाउन लागेको पाइएपछि प्रस्थानको अनुमति नदिइ श्रमिकहरुलाई फिर्ता पठाइएको हाे ।

सबै प्रक्रिया पुरा गरेर श्रमस्वीकृती समेत हिडेका श्रमिकलाई विभिन्न वहानामा फिर्ता पठाएकोमा वैदेशिक रोजगार महासंघले घोर आपत्ति जनाएको छ ।

विना कारण कर्मचारीको मनखुसीले सबै प्रक्रिया पूूरा गरेका श्रमिकहरुलाई विमानस्थलको अध्यागमनले फिर्ता पठाएको महासंघका महासचिव मेघनाथ भूर्तेलले बताए ।

उनले भने ‘नेपाल सरकारको वैदेशिक रोजगार ऐन २०६४ ले निर्देश गरेअनुसार सबै कुरा पुरा गरेर संस्थागत रुपमा वैदेशिक रोजगारमा जान लागेका श्रमिकलाई ढिला आएको, कागजात नपुगेको भन्दै विभिन्न बहानामा फिर्ता पठाएको छ ।’

यस विषयमा छलफल गर्नको लागि महासंघको टोली गृहमन्त्रालयमा डेलिकेसन जान लागेको महासचिव भूर्तेलले जानकारी दिए ।

विभिन्न म्यानपावर कम्पनीमार्फत विभिन्न कम्पनीहरुमा काम गर्न भन्दै वैदेशिक रोजगार विभागबाट उनीहरूले श्रम स्वीकृति पनि लिइसकेका थिए । तर, अध्यागमनले सोधपुछका क्रममा विदेशमा घरेलु श्रमिकका रुपमा लैजान लागेको देखिएको भन्दै फर्काइदिएको हो । फर्काइएकामध्ये करिब आधा महिला पनि छन् ।



प्रतिक्रिया दिनुहोस !