१३ आश्विन २०८१, आइतबार

कृषि उपज सङ्कलन तथा बिक्री केन्द्रका लागि जग्गा प्राप्ति गर्न थबाङ्ग गाउँपालिकालाई स्वीकृति

प्रकाशित मिति :  13 July, 2023 6:22 pm


काठमाडौँ । संघीय सरकारले रोल्पाको थबाङ गाउँपालिकालाई कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण गर्न जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेको छ ।

असार २६ गते बसेको बैठकले साविक थबाङ गा.वि.स वडा नं. २ स्थिति ८९० वर्गमिटर जग्गा कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण गर्नका लागि प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।



प्रतिक्रिया दिनुहोस !