७ आश्विन २०८१, सोमबार

दुग्ध विकास बोर्ड खारेज हुँदैन : महामन्त्री शर्मा

प्रकाशित मिति :  14 July, 2023 7:43 am


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुग्ध विकास बोर्ड खारेज नहुने बताएका छन् ।

नेपाली डेरी एसोसिएसनसहितका दुग्धसँग सम्बन्धित संघसंस्थाले बुझाएको ध्यानकर्षण पत्र बुझ्दै महामन्त्री शर्माले किसानसँग जोडिएको संस्था भएकाले बोर्ड खारेज नहुने बताएका हुन् ।

शर्माले पार्टीभित्र सकारात्मक बहस भएको भन्दै आफ्नो पार्टी बोर्ड खारेज गर्न नहुने पक्षमा रहेको बताए ।

भेटमा सहभागि एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले भने,“ उहाँले बोर्ड खारेज हुँदैन भन्नुभएको छ । आफ्नो पार्टीभित्र बहस भएको र बोर्ड खारेज हुँदैन ढुक्क हुनुस् भन्नुभएको छ ।”

सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत बोर्ड खारेजीको प्रस्ताव ल्याएको थियो । प्रस्तावपछि दुग्ध क्षेत्रका उद्योग व्यवसायी विरोधमा छन् ।



प्रतिक्रिया दिनुहोस !