१३ आश्विन २०८१, आइतबार

आज भानु जयन्ती, विभिन्न कार्यक्रमका साथ मनाइँदै

प्रकाशित मिति :  14 July, 2023 11:13 am


काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

सो अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकवि आचार्यको पूर्णकदको शालिकमा माल्यार्पण गरी उनको स्मरण गरिएको छ ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पुष्पमाला अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।

कार्यक्रममा व्राह्मण बटुकहरूले स्वस्तीवाचनसहित वैदिक मन्त्रोच्चारण आदिकवि आचार्यप्रति श्रद्धाभाव व्यक्त गरेका थिए ।

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !