१३ आश्विन २०८१, आइतबार

बससँग ठोक्किदा सप्तकोशीमा खस्यो ट्रक

प्रकाशित मिति :  14 July, 2023 11:04 am


काठमाडौँ । कोसी ब्यारेजबाट मालवाहक ट्रक सप्तकोसी नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ख ३००७ नम्बरको ट्रक खसेको हो ।

उक्त ट्रक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ख १७६५ नम्बरको बससँग ब्यारेजको पुलमा ठोक्किएको थियो ।

शुक्रबार बिहान यात्रु लिएर बस काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ जाँदै थियो । ट्रकमा सवार चालकसहित तीनजनाको नदीबाट उद्धार गरिएको छ । एकजना यात्रुलाई सामान्य चोट लागेको छ ।

पुलमा ट्रक धसारिँदा पुलको १० मिटरजति भाग भत्किएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालले जानकारी दिए ।

ट्रकका चालक २४ वर्षीय दिनेश खत्री सामान्य घाइते भएका छन् ।



प्रतिक्रिया दिनुहोस !