१३ आश्विन २०८१, आइतबार

प्रधानमन्त्री दाहाललाई राष्ट्रपति पौडेलको समवेदना सन्देश

प्रकाशित मिति :  14 July, 2023 1:23 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै परिवारका सदस्यलाई समवेदना दिएका छन्।

राष्ट्रपति पौडेलको समवेदना सन्देश लिएर राष्ट्रपति कार्यालयका पदाधिकारीहरू तथा राष्ट्रपति पौडेलका परिवारका सदस्यहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । राष्ट्रपति पौडेलको सन्देश राष्ट्रपति कार्यालयका सचिव डिल्लीराज शर्माले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका थिए ।

सशस्त्र संघर्ष र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सीताको भूमिका महत्वपूर्ण रहेको राष्ट्रपति पौडेलको समवेदना पत्रमा उल्लेख छ । ‘समाज रूपान्तरण र राजनीतिक परिवर्तनमात्र नभएर सम्माननीय प्रधानमन्त्री दाहालको राजनीतिक छवि एवम् कदलाई सफलतापूर्वक यो उचाइसम्म ल्याउन विगतका कष्टकर दिनहरूमा सीताको साथ तथा सहयोग उदाहरणीय र अनुकरणीय छ’, राष्ट्रपति पौडेलले समवेदना पत्रमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेलको समवेदना पत्रमा अत्यन्तै मार्मिक भएको बताउँदै आभार व्यक्त गरेका थिए। यसअघि सीताको निधन भएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहाललाई टेलिफोन गरी दुःख व्यक्त गरेका थिए।



प्रतिक्रिया दिनुहोस !