१३ आश्विन २०८१, आइतबार

राष्ट्रियसभाको बैठकबाट दुईओटा विधेयक पारित

प्रकाशित मिति :  14 July, 2023 2:41 pm


काठमाडौं । राष्ट्रियसभाको आज बसेको बैठकले दुईओटा विधेयक पारित भएको छ । शुक्रबार बसेको बैठकले आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० बहुमतले पारित गरेको छ ।

शुक्रबार बसेको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘प्रतिनिधिसभाबाट सुझावसहित प्राप्त उक्त विधेयक २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेकोमा बहुमतले उक्त प्रस्ताव पारित गरेको हो ।

बैठकमा राष्ट्रियसभाका सांसदहरूले सुर्तीजन्य वस्तुमा कर बढाउने प्रस्ताव पेश गरेपनि उक्त प्रस्ताव अस्वीकृत भएको थियो । त्यसअघि बैठकमा आर्थिक विधेयक २०८० माथि दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले सुर्तीजन्य वस्तुमा कर नघटाइएको बताए ।



प्रतिक्रिया दिनुहोस !