१३ आश्विन २०८१, आइतबार

मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखे सदन चल्न नदिने रवि लामिछानेको चेतावनी

प्रकाशित मिति :  14 July, 2023 3:03 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखे सदन चल्न नदिने चेतावनी दिएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधि सभाको अर्को बैठकमा मिटर व्याज सम्बन्धी विधेयक ल्याउन आग्रह गरे

‘आगामी बैठकमा मिटरब्याज सम्बन्धी विधेयक राखिएन भने राष्ट्रिय स्वतन्त्र पार्टीले सदन चल्न दिदैनौ सभापति लामिछानेले भने यसपछि बस्ने बैठकमा यदि कार्यसूचीमा मिटरब्याज पीडितहरुको पक्षमा ल्याउन खोजिएको विधेयकलाई ल्याइएन भने पूर्व सूचना गरिरहेका छौं कि सदन चल्न सक्दैन,जनतालाई रुवाएर त्यसबारे मौन बसेर सदन चल्न सक्दैन ।’

लामिछानेले मिटरब्याजसम्बन्धी विधेयक चर्चा चल्यो तर प्रतिपक्षहरुको कारणले पारित हुन सकेन भन्ने भाष्य खडा गर्न खोजिएको बताए ।

उनले भने ‘आज मिटरब्याजसम्बन्धी बिषय कार्यसूचीमा किन आएन रु कसका कारणले रोकियोरु हामी मिटरब्याज पीडितहरुको पक्षमा छ । हामी यो विधेयक सदनमा ल्याउन माग गर्छौ । पीडितलाई न्याय दिलाउँन फास्ट ट्रयाकमा ल्याइयोस् । कसको स्वार्थले कारणले पीडितको पक्षमा रहेको यो विधेयकलाई संसदमा ल्याइएन। सदनलाई जानकारी हुनुपर्छ ।’

सरकारले गत वैशाख २० गते ल्याएको मिटरब्याज सम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २४ वैशाखमा प्रतिनिधिसभामा पेश भएको थियो ।

अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ६० दिन भित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ । त्यस अनुसार असार २० गतेसम्म प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने थियो ।



प्रतिक्रिया दिनुहोस !