७ आश्विन २०८१, सोमबार

कृषि मन्त्रीको अध्यक्षमा बसेको दुग्ध विकास बोर्डको निष्कर्ष,‘राम्रो काम भएकाे छ खारेज गर्न हुँदैन ’

प्रकाशित मिति :  14 July, 2023 4:17 pm


काठमाडौँ । दुग्ध विकास बोर्डको कार्यकारी समितिको ११५ औँ बैठकले बोर्ड खारेज नगर्न सरकारलाई आग्रह गर्ने निर्णय गरको छ ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तब्यमा खारेज गर्ने संस्थामा बोर्ड पनि परेको थियो । बैठकको निर्णयमा भनिएको छ,“बोर्डलाई अझ सक्षम र सबल बनाउने गरी पुनरावलोकन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरियो ।”

कृषि तथा पशुपन्क्षी विकास मन्त्री एवं बोर्डका अध्यक्ष डा. वेदुराम भुसालको अध्यक्षतामा बसेको बैठकले सहकारी,निजी र सहकारी बिच सामञ्जस्यता गराई दुग्ध क्षेत्रको विकास र विस्तार एवं समसामयिक समस्याहरूको छलफल गर्ने, नो रिर्टनको अनुगमन तथा लागु गर्ने जस्ता थोरै बजेटमा पनि धेरै राम्रो काम गरिरहेकाले बोर्ड खारेज गर्न नहुने निष्कर्ष निकालेको छ ।

बैठकले थोरै बैठकमा पनि धेरै राम्रो काम गरेको बैठकमा निष्कर्ष निकालिएको छ ।



प्रतिक्रिया दिनुहोस !