१३ आश्विन २०८१, आइतबार

दुई, तीन दिनमै मिटरब्याजी बिरुद्धको विधेयक पारित हुन्छः मन्त्री गुरुङ

प्रकाशित मिति :  15 July, 2023 4:52 pm


काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले दुई/तीन दिन भित्र नै मिटरब्याजी बिरुद्धको विधेयक पारित हुने दाबी गरे।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मिटरब्याजी पीडकलाई कानूनमा ल्याउँदा अध्यादेश फेल गराइ प्रतिष्थापन विधेयक आउन नदिने षड्यन्त्रहरु भइरहेको आरोप लगाए।

उनले अनुचित लेनदेनको विधेयक अघि बढाउने क्रममा सिंगै काँग्रेस अघि बढ्ने बताए। इफ बट केही नभनी यही संसदबाट दुई, तीन दिनभित्र विधेयक पारित गर्ने भनाइ उनकाे छ ।

देश र जनताको बिरोधी भ्रष्टाचार र भ्रष्टाचारी भएकाले सरकारले सुशासन र भ्रष्टाचारबिरुद्ध अघि बढीरहेको बताए। उनले सरकारको एउटै मिसन सुशासन स्थापना गर्ने, र जनतालाई डेलिभरी दिनेकुरा रहेको बताए। उनले भ्रष्टाचारका कुरामा सरकारले कुनै जात, धर्म, लिङ्ग, वर्ण, राजनीतिक पार्टी नचिन्ने बताए।

“आज देश र जनताको बिरोधी को ? व्यवस्था हो ? होइन, व्यवस्था हामीले प्राप्त गरिसकेका छौँ, तर नेपाली जनताको अवस्था किन बदल्न सकेनौँ ? अवस्था बदल्न नसक्नुको कारण नेपाली जनताको बिरोधी शक्ति भनेको भ्रष्टाचार र भ्रष्टाचारी नै हो, हामी त्यसैगरी लड्छौँ, रगत बगाउन तयार छौँ, भ्रष्टाचारीहरुका बिरुद्धमा, भ्रष्टाचारीको मुख हेरिने छैन,” गुरूङले बताए ।

उनले थपे, “हाम्रो सरकारको एउटै मिसन हो, सुशासन स्थापना गर्ने, र जनतालाई डेलिभरी दिनेकुरा हो । जनतालाई सुशासन दिनका लागि पनि भ्रष्टाचारका फाइलहरु खोल्दै जाने, जो जो पर्छ पर्दै जान्छन्, कानूनले यो वा त्यो भन्दैन, कुनै जात, धर्म, लिङ्ग, वर्ण, राजनीतिक पार्टी चिन्दैन, त्यही आधारमा अघि बढ्नेछौँ । त्यही मिसनमा सरकार अघि बढीरहेको छ ।”



प्रतिक्रिया दिनुहोस !