१३ आश्विन २०८१, आइतबार

परराष्ट्रमन्त्री साउद थाइल्याण्ड जाँदै, यस्तो छ भ्रमणतालिका

प्रकाशित मिति :  16 July, 2023 8:36 am


काठमाडौँ । परराष्ट्रमन्त्री एनपि साउद आइतबार(आज) थाइल्यान्ड प्रस्थान गर्दैछन्।

बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुनका लागि मन्त्री साउद आज थाइल्याण्डको बैंककतर्फ प्रस्थान गर्न लागेका हुन्।

थाइ स्माइल एअरवेजको विमानबाट आज दिउँसो १ बजे उनी बैंकक प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।

बिमस्टेकमा भारत, नेपाल, म्यानमार, थाइल्यान्ड, भुटान, श्रीलंका र बंगलादेश सदस्य मुलुक छन् ।

सचिवालयका अनुसार उनी साउन २ गते (मंगलबार) स्वदेश फर्कने तालिका छ।



प्रतिक्रिया दिनुहोस !