१३ आश्विन २०८१, आइतबार

सनु तस्करसँग सम्पर्क रहेको भन्दै प्रकाशित समाचारप्रति पूर्वसभामुख महराको खण्डन

प्रकाशित मिति :  16 July, 2023 10:45 am


काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराले सुनतस्करसँग कनेक्सन रहेको भन्दै प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन् ।

आज विज्ञप्ति जारी गर्दै पूर्वसभामुख महराले सुन ‘तस्करसँग पूर्व सभामुख महराका बाउ छोराको कनेक्सन’ भनेर प्रकाशित समाचारप्रति अपत्ति जनाएका हुन् ।

महराले जारी गरेको विज्ञप्तिमा भनेका छन्, “असार ३० २०८० मा रातोपाटी डट कम अललाइन समाचार मा प्रकाशित ’सुन तस्कर संग पूर्व सभामुख महराका बाउ छोराको कनेक्सन’ भन्ने समाचार प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।”

चिनियाँ नागरिक वाङसँग पहिलेदेखि नै सामान्य चिनजान भएको र उन आफु फलफुल व्यापारीको रुपमा नेपालमा रहदै आएको जानकारी गराएको महराको भनाई छ ।

उनले भने, “उनको अन्य व्यापार र काम संग हाम्रो कुनै जानकारी र हाम्रो कुनै सम्वन्ध नरहेको प्रष्ट पार्न चाहान्छु ।”

छोरा राहुलले भन्सारमा चासो देखाएको विषयमा विज्ञप्तिमा भनिएको छ,“जहासम्म छोरा राहुलले भन्सार कर्मचारी लाइ सम्पर्क गरेको भनिएको छ उनी चिनिया नागरिक वाङले चिनियाँ कामदारका लागि मगाएको केही सामान भन्सारमा अड्किएको र बुझिदिन आग्रह गर्दा भन्सार कर्मचारीलाई सम्पर्क गर्दा नियम अनुसार हुने जानकारी पाएको र उनलाइ त्यही जानकारी गराएको हो तर अरु कुनै विषय जानकारीमा नभएको तथ्य हो ।”

महराले ती व्यक्तीसँग कुनै कार्यमा कुनै सहभागिता र सहयोग नगरेको बताएका छन् ।

उनले भनेका छन्,“ चिनजान हुनु र संलग्न हुनु फरक विषयलाई दुरासय पूर्ण तरिकाले समाचार प्रकाशित गर्नु ठिक होइन । यो समाचार विल्कुल तथ्यहिन मात्र नभएर राजनैतिक पूर्वाग्रहीमा आधारमा भएकोले खण्डन गर्दछौ ।”



प्रतिक्रिया दिनुहोस !