१३ आश्विन २०८१, आइतबार

ट्राफिक प्रहरीको लापसे चेकिङ : चालु आर्थिक वर्षमा १ सय ४९ जना चालक नियन्त्रणमा

प्रकाशित मिति :  16 July, 2023 10:54 am


काठमाडौँ । चालु आर्थिक वर्ष २०७९\०८० मा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ४९ जना चालकहरूलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको चेकिङको क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चालकहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि सम्बन्धित प्रहरी वृत्तहरूमा पठाएको छ ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागु औषध नियन्त्रण ब्युरो र सम्बन्धित प्रहरी कार्यालयहरूको संयुक्त टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चालकलाई चेक गर्दै आएको छ । चालकहरूले लागु औषध सेवन गरी सवारी साधन चलाएर नचलाएको सम्बन्धमा टि।एच।सि। किटको प्रयोग गरी २०७९ साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको थियो ।

शनिबार भक्तपुरको जगातीमा गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी मधेस प्रदेश(०३(००१ ज ०३ ०३ नम्बरको भाडाको विङगर चलाएका सर्लाहीको लालबन्दीका ३२ वर्षीय राजीव कार्कीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आएका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगातीमा राखिएको छ ।

लापसे गरी सवारी साधन चलाउने चालक मध्ये भाडाका सवारी साधन चलाउने चालक पनि रहेकाले यात्रु बोक्ने जस्तो संवेदनशील सवारी साधन चलाउने चालकलेनै लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।



प्रतिक्रिया दिनुहोस !