१३ आश्विन २०८१, आइतबार

धुप, बत्ती बाल्दैमा गठबन्धन ढल्दैन : प्रकाश ज्वाला

प्रकाशित मिति :  16 July, 2023 11:40 am


काठमाडौै । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने दाबी गरे ।
आइतबार जनकपुरधाम पुगेका मन्त्री ज्वालाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका छन् । ।

उनले नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढालोस् भनेर धुप, बत्ती बाल्दैमा गठबन्धन नढल्ने टिप्पणी गरे । ज्वालाले प्रतिगमनका बिरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरु एक ठाउँमा रहेको उल्लेख गर्दै गठबन्धन ढाल्ने सपना नदेख्न आग्रह गर्दै भने गठबन्धन ढालेर केही पाइहाल्छौँ की भन्ने आशा गर्नेहरुले आशावादी नबन्न आग्रह गर्दछौं ।

उनले भने, ‘अहिलेको गठबन्धन बलियो धरातलमा उभिएको छ , यो कसैले गठबन्धन ढलोस् भनेर चाहँदैमा, धुप बत्ती गर्दैमा गठबन्धन ढल्दैन । किनभने यसको ग्राउण्ड छ । प्रतिगमनका बिरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरु छन् । चुनावका बेलमा सँगै अघि बढ्का शक्तिहरु एक ठाउँमा छन् । जटिल मोडहरुमा एकतावद्ध भएका शक्तिहरु एक ठाउँमा छन् । यो ढलेर फाइदा पाइहाल्छाँै की भनेर आशावादी भएकाहरुको आशा पूरा हुँदैन ।’

मन्त्री ज्वालाले समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्रै नभइ गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेको बताए ।



प्रतिक्रिया दिनुहोस !