१३ आश्विन २०८१, आइतबार

सुनको मुल्य प्रतितोला ३ सयले घट्यो

प्रकाशित मिति :  16 July, 2023 12:03 pm


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । साताको कारोबारको पहिलो दिन नेपाली बजारमा छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले घटेर कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

आइतबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

गत शुक्रबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर छापावाला सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ४८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गत शुक्रबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।



प्रतिक्रिया दिनुहोस !