१३ आश्विन २०८१, आइतबार

अर्थमन्त्री महत भारत प्रस्थान

प्रकाशित मिति :  16 July, 2023 12:46 pm


काठमाडौँ । अर्थमन्त्री डा।प्रकाशशरण महत भारत प्रस्थान गरेका छन् । जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा सहभागी हुन अर्थमन्त्री डा।महत आइतबार बिहान भारत प्रस्थान गरेका हुन्।

अर्थमन्त्रीसँगै अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र मन्त्रीका निजी सचिव युवराज पाण्डे पनि भारत गएका छन्।

भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि बैठक सुरू हुनेछ। नेपाल जी(२० मुलुकको सदस्य नरहेपनि अतिथि सदस्यका रुपमा अर्थमन्त्री महतले बैठकमा सहभागिता जनाउनेछन् । जी(२० का अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय यो बैठकमा मुख्यगरी विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणाली, वित्तीय समावेशितालगायतका सत्रमा छलफल हुने जनाइएको छ ।

त्यस्तै,सार्वजनिक ऋण व्यवस्थापनमा सहकार्य,क्रिप्टो कारोबारको नियमन एवं सुपरीवेक्षण,सार्वजनिक पूर्वाधारमा प्रविधिको प्रयोगलगायतका विषय बैठकमा उठाइने बताइएको छ।



प्रतिक्रिया दिनुहोस !