१३ आश्विन २०८१, आइतबार

भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

प्रकाशित मिति :  16 July, 2023 1:25 pm


काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

नयाँ सूचीअनुसार पेट्रोलको मूल्य ३४ पैसा घटेर र डिजेलको मूल्य २ रुपैयाँ ४७ पैसा बढेर आएको निगमले जनाएको छ ।

अब सो मूल्यका आधारमा निगमले मूल्य समायोजन गर्नेछ । नयाँ मूल्यअनुसार निगमको मुनाफा १५ दिनमा ५० करोड पुगेको निगमले जनाएको छ । आज निगम सञ्चालक समितिको बैठक बस्दैछ । सो बैठकले मूल्यबारे निर्णय लिन सक्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !