१३ आश्विन २०८१, आइतबार

रोल्पाको लुंग्री गाउँपालिका-५ मा विषालु च्याउ खाँदा बिरामी भएका एकै परिवारका तीन जनाको मृत्यु

प्रकाशित मिति :  16 July, 2023 3:07 pm


रोल्पा । रोल्पाको लुंग्री गाउँपालिका-५ मा विषालु च्याउ खाँदा बिरामी भएका एकै परिवारका तीनै जनाको मृत्यु भएको छ ।

असार २५ गते जंगली च्याउ खाएपछि विरामी भएका उनीहरूलाई थप उपचारका लागि भैरहवा पठाइएको थियो ।

उपचारकै क्रममा आमा र २ छोराको निधन भएको हो । असार २५ गते जंगली च्याउ खाएका ३५ वर्षीया भिमा गुरुङ,११ वर्षको सुशील गुरुङ र ६ वर्षकाे प्रेम गुरुङ बिरामी परेका थिए । उनीहरू आमा छोरा हुन् ।

बिरामी भएपछि उनीहरूलाई अस्पताल पुराइएको थियो तर स्थानीय तहमा उपचार हुन नसकेपछि थप उपचारका लागि भैरहवा पठाइएको थियो । उपचारकै क्रममा तीनै जनाको निधन भएको हो ।

प्रेमको अस्ति, सुशीलको हिजो र भिमाको आज निधन भएको लुंग्री गाउँपालिका-५ का अध्यक्ष रिखबहादुर रोकाले जानकारी दिए । उनले लुम्बनी सञ्चारसँग भने,“विषालु च्याउ खाँदा बिरामी परेका ३ जनाको नै निधन भएको छ । हाम्रा साथीहरू जाँदै हुनुहुन्छ ।”



प्रतिक्रिया दिनुहोस !