१३ आश्विन २०८१, आइतबार

केही संस्थाको कमजोरीका कारण सयौँ सहकारी आलोचित भए : सांसद शर्मा

प्रकाशित मिति :  16 July, 2023 3:23 pm


काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले केही संस्थाको कमजोरीका कारण सयौँ सहकारी आलोचित भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद शर्माले सहकारीकर्मीहरू आन्दोलनमा रहेकाले संस्थाहरू नियमन गर्न शक्तिशाली नियामक निकाय बनाउनुपर्ने बताएका हुन् ।

उनले भने, “यसलाई नियमन गर्न सरकारले एउटा शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने, सहकारी पीडितको मागलाई सम्बोधन गर्नुपर्ने, सहकारी पीडितको आन्दोलनमा आज पनि सरकारले हस्तक्षेप गरेको छ । माग पूरा गरेर समाधान गर्न आग्रह गर्दछु ।’

माइतीघर मण्डलमा धर्ना बस्दै आएका पीडितहरू आइतबार बानेश्वर पुगेका थिए । सयाैँ सहकारी संस्थाबाट ठगिएको भन्दै ४० दिनदेखि पीडितहरू न्याय माग्दै माइतीघरमा बसिरहेका छन्।

आफूहरूले बचत गरेको लाखौं रकम सहकारीका सञ्चालकले हिनामिना गरेको र फिर्ता माग्दा नदिएको पीडितहरूको आरोप छ।



प्रतिक्रिया दिनुहोस !