१३ आश्विन २०८१, आइतबार

गुठीसँग सम्बन्धित जग्गाहरूको समस्या समाधान गर्न गोकुल बाँस्कोटाको माग

प्रकाशित मिति :  16 July, 2023 5:19 pm


काठमाडौँ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले गुठीसँग सम्बन्धित जग्गाहरूमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले देशभर गुठीसँग सम्बन्धी जग्गाहरुमा समस्या रहेकाले तत्काल समाधान गर्न माग गरेका हुन् ।

उनले भने, “देशैभरी गुठिसँग सम्बन्धित समस्या छ । हाम्रो सरकार, हामी राजनीतिक दलहरु सबै हामी समाजवादी हौँ भन्छौँ । र किसानलाई न्याय दिन्छौँ भन्छौँ । तर जसले जमिन जोतिरहेको छ, वर्षौदेखि, पुस्तौँ पुस्तादेखि तिनका नाममा बाबु, बराजु सबै बितिसके । आजपनि उनको जमिन दर्ता हुन सकेको छैन ।”



प्रतिक्रिया दिनुहोस !