१३ आश्विन २०८१, आइतबार

विपिन र मिरुनालाई लिएर चलचित्र ‘उनको स्वीटर’ निर्माण हुने

प्रकाशित मिति :  16 July, 2023 6:15 pm


काठमाडाैँ । नेपाली चलचित्र ‘उनको स्वीटर’ निर्माण हुने भएको छ । आइतबार काठमाडौँमा एक कार्यक्रमबिच फिल्म निर्माण गर्ने घोषणा गरिएको हो ।

चलचित्रमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय रहनेछ । फिल्म मंसिरको पहिलो साताबाट मात्रै सुटिङ निर्माताहरूले बताएका छन् ।

चलचित्र विशेष हुने अपेक्षा गरेको अभिनेता कार्कीले बताए । फिल्म समसामयिक विषय वस्तुमा र लभ स्टोरीमा आधारित हुनेछ । तिहारपछि मात्रै सुटिङ शुरु हुने चलचित्रलाई नविन चौहानले निर्देशन गर्नेछन् । 



प्रतिक्रिया दिनुहोस !