१३ आश्विन २०८१, आइतबार

प्रतिनिधि सभाबाट सर्वसम्मतिले विधेयक पारित, मिटरब्याज पीडितले न्याय पाउने प्रक्रिया सहज हुने

प्रकाशित मिति :  17 July, 2023 8:24 am


फाइल फाेटाे।

काठमाडाैँ । मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ । विधेयक पारित भएसँगै मिटरब्याजबाट पीडित भएकाहरुले न्याय पाउने प्रक्रिया सहज हुने भएको छ । 

आइतवार बसेको प्रतिनिधि सभाको बैठकले मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधि सभाले सर्वसम्मतिले पारित गरेको हो । 

राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरियोस् भन्ने प्रश्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रश्तुत गरेका हुन् । प्रस्तावमा प्रतिनिधि सभाका १४ जना सांसदहरुले संशोधन प्रश्ताव दर्ता गरेका थिए। 

सांसदहरुले दर्ता गराएको संशोधनमा मन्त्री गुरुङले प्रस्तावमा एकीकृत गरेर लैजाने प्रतिवद्धता जनाएपछि विधेयक सर्वसम्मतिले पारित भएको हो । विधेयक पारित भएपछि सांसदहरूले पीडितलाइ न्याय दिलाउन सहज हुने भन्दै खुशी व्यक्त गरेका छन्। “टरब्याज सम्बन्धी बिधेयक रातको ९.२५ बजेसम्म बसेर पास गरिएकोछ । आशा छ, मीटरब्याज पीडितले छिट्टै न्याय पाउनेछन्,” सांसद वर्षमन पुनले फेसबुकमा खुसी व्यक्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस !