१३ आश्विन २०८१, आइतबार

पहिलो चरणमा सन लाइफको आइपीओ निष्काशन, प्रतिकित्ता मूल्य कति ?

प्रकाशित मिति :  17 July, 2023 10:49 am


काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आजदेखी पहिलो चरणमा प्राथमिक सेयर (आइपीओ) निष्काशन गरेको छ ।

कम्पनीले पहिलो चरणमा आज साउन १ गतेदेखि रोजगारीको लागि विदेश गएका नेपालीहरुको लागि ९ लाख भन्दा बढि कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।

इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो।

कम्पनीले वैदेशिक रोजगारीमा जानेहरुको लागि १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो सेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।

उक्त आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ।
उक्त आइपीओमा विदेशमा रहेका श्रमिकहरुले साउन १ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ड बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा ‘मेरो सेयर’ प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ।



प्रतिक्रिया दिनुहोस !