१३ आश्विन २०८१, आइतबार

बैंकिङ् कसुर मुद्दामा लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव पक्राउ

प्रकाशित मिति :  17 July, 2023 10:44 am


रुपन्देही । लुम्बिनी प्रदेशका पूर्वमन्त्री बैकिङ् कसुर मुद्दामा पक्राउ परेका छन् ।

पूर्व कृषि मन्त्री एवं एमाले नेता विजय यादवलाई बैंकिङ् कसुर मुद्दामा बाँके प्रहरीले पक्राउ गरेर रुपन्देही प्रहरीलाई बुझाएको हो । पूर्वमन्त्री यादव बाँकेको डूडुवा गाउँपालिका–१ होलियाबाट पक्राउ परेका हुन् ।

बैङ्किङ कसुर मुद्दामा रुपन्देही जिल्ला अदालतले यादवको नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।

पूर्वमन्त्री यादवलाई बाँके प्रहरीले पक्राउ गरेर रुपन्देही प्रहरीलाई बुझाएको बाँके प्रहरी प्रवक्ता,प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी गराएका छन् ।

नेपाली कांग्रेसका नेता रहेका यादव २०७४ को प्रदेश सभा चुनावमा चुनावमा टिकट नपाए पछि जसपाबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनी शंकर पोखरेल नेतृत्वको सरकार अफ्ठेरोमा परेका बेला सहयोग गरेका थिए ।

पोखरेल नेतृत्वको सरकारमै रहेपछि जसपाले कारबाही गरेपछि उनको प्रदेश सभा सदस्यसँगै मन्त्री पद समेत गएको थियो । पछिल्लो चुनावमा एमाले प्रवेश गरेर टिकट पाए पनि पराजित भएका थिए ।



प्रतिक्रिया दिनुहोस !