१३ आश्विन २०८१, आइतबार

साउनको पहिलो सोमबार आज, पशुपतिमा भक्तजनको भीड

प्रकाशित मिति :  17 July, 2023 11:49 am


काठमाडाैँ । आज साउन महिनाको पहिलो सोमबार । काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनहरूको भीड लागेको छ । 

काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि भक्तजनहरूको भीड देख्न सकिन्छ । साउने सोमबारको पूजाआज गर्न आएका दर्शनार्थीका लागि बिहान ३ बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइएको छ ।

दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानी लगायत व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

साउन महिना र सोमवार भगवान शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किराँतेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्लीको गलेश्वर लगायतका शिवालयमा भक्तजनहरु बिहानैदेखि स्नान गरी महादेवको पूजाआराधनामा व्यस्त छन् । 



प्रतिक्रिया दिनुहोस !