१३ आश्विन २०८१, आइतबार

वीर अस्पतालको ओपिडी आठ बजेदेखि सुरू हुने

प्रकाशित मिति :  17 July, 2023 12:40 pm


काठमाडाैं । वीर अस्पतालको ओपिडी अब आठ बजेदेखि नै सुचारु हुने भएको छ ।

सरकारले गरेको निर्णय अनुसार नै अब बिहान ९ बजेबाट खुल्दै आएको ओपिडी एक घन्टा पहिले अर्थात ८ बजेबाट नै सुचारु हुन लागेको हो । ओपिडी अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ ।

तर वीर अस्पतालमै काम गर्ने डक्टरहरुको फ्याकल्टी डक्टर्स एसोसोएसनले भने उक्त निर्णय अव्यवहारिक भएको बताएको छ । एफडीएले सबैजसो विभागहरूको बिहानको अडिट र क्लिनिकल कक्षाहरू बिहान ८ बजे नै सुरु हुने हुँदा क्लिनिकल गतिविधि सञ्चालन गर्न अप्ठ्यारो पर्ने बताएका हो ।



प्रतिक्रिया दिनुहोस !