१३ आश्विन २०८१, आइतबार

सार्वजनिक यातायातको भाडा घट्यो कहाँ जान कति शुल्क ? (सूचीसहित)

प्रकाशित मिति :  17 July, 2023 12:55 pm


काठमाडौँ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु भए लगतै सार्वजनिक यातायातको भाडा पनि घटेको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाए लगत्तै यातायात व्यवस्था विभागले पनि भाडा समायोजन गरेको छ ।

निगमले आइतबार रातिदेखि स्वचालित मूल्य प्रणाली लागू गर्दै डिजेलको प्रतिलिटर ४ रुपैयाँ र पेट्रोलको प्रतिलिटर ६ रुपैयाँ भाउ घटाएको थियो । त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको छ ।

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू हुनासाथ सार्वजनिक र मालवाहक सवारी साधनको भाडादर समायोजन गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आइतबार नै मातहतको निकायलाई निर्देशन दिएका थिए।

यस्ताे छ नयाँ मूल्यसूची:



प्रतिक्रिया दिनुहोस !