१३ आश्विन २०८१, आइतबार

आजदेखि करको नयाँ दर लागू, कति कमाउनेले कति तिर्नुपर्छ ?

प्रकाशित मिति :  17 July, 2023 12:58 pm


काठमाडौं । सरकारले चालु आर्थिक वर्षको लागि नयाँ करको दर सार्वजनिक गरेको छ ।

आन्तरिक राजश्व विभागले आज साउन १ गतेबाट आर्थिक वर्ष २०८०र८१ सुरु भएसँगै आयकरको नयाँ दर कार्यान्वयनमा ल्याएको हो । सरकारले चालु आर्थिक वर्षमा आयकरको सीमा ३९ प्रतिशतसम्म तोकिएको छ ।

आर्थिक विधेयक २०८० को व्यवस्था अनुसार आन्तरिक राजस्व विभागले प्राकृतिक व्यक्तिको लागि लागु हुने आयकरको दर निर्ध्रण गर्ने गर्छ। जस अनुसार आयकरको दर ३९ प्रतिशतसम्म कायम गरिएको छ ।

वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने व्यव्स्था लागू भएको छ ।

यस्तै विलासिता कर पनि आजैदेखि कार्यान्वयनमा आएको छ । जसमा पाँचतारे वा सोभन्दा माथिका होटेल, रेस्टुरेन्ट तथा रिसोर्टहरुले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता कर लागू भएको छ ।

सरकारले १० लाखभन्दा बढीको बहुमूल्य धातुमा पनि २ प्रतिशतकै दरले विलासिता शुल्क लगाउन गरेको घोषणासमेत आजैदेखि लागू भएको छ ।



प्रतिक्रिया दिनुहोस !