१३ आश्विन २०८१, आइतबार

सहकारीको ऋण नतिर्नेलाई भीरकाेट नगरपालिकाको सेवा सुविधामा रोक्का गरिने

प्रकाशित मिति :  17 July, 2023 2:18 pm


स्याङ्जा । स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सहकारीबाट ऋण लगेर नतिरेकालाई तिर्न ताकेता गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाकाे जारी सूचनामा भीरकोट नगरपालिकाको क्षेत्रभित्रका सहकारी संस्थाबाट ऋण लगेका ऋणीले आफूले लगेको ऋणको साँवाब्याज र हर्जाना समेत चुक्ता गर्न भनिएको छ।

“कोही कसैले आफूले लिएको ऋण तिर्न नपर्ने कल्पना गरेको भएमा, त्यो आफैँँका लागि प्रत्युत्पादक हुने र त्यस्ता गतिविधि नियन्त्रण गर्न भीरकोट नगरपालिकाको सहकारी ऐन २०७५ र प्रचालित कानून बमोजिम कारबाही गरिने व्यहोरा अनुरोध छ ।’’ सूचनामा भनिएको छ, “यस भीरकोट नगरपालिकाको नियमन क्षेत्रधिकार भित्रका सहकारी संस्थाहरूका सम्पूर्ण ऋणी शेयर सदस्यहरूलाई समयमै ऋणाको साँवा, ब्याजको किस्ता भुक्तानीका लागि नगरपालिका अनुरोध गर्दछ । ’’

त्यस्तै नगरपालिकाले सहकारीको ऋण नतिर्नेलाई सहकारी ऐन, २०७५ को दफा ५८ बमोजिम ऋण लिदा राखेको धितोलाई सम्बन्धित सहकारी संस्थाले लिलाम बिकि गर्नेदेखि नगरपालिकाद्धारा प्रदान गरिने सेवा सुविधा रोक्का गरिने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !