१३ आश्विन २०८१, आइतबार

मत्स्यनारायण मेलाको सम्पूर्ण तयारी पूरा

प्रकाशित मिति :  17 July, 2023 4:33 pm


काठमाडाैँ । मत्स्यनारयाण (मलमास) मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।  साउने २ गते मंगलबार (प्रतिपदा) देखि मेला शुरु गर्नका लागि मन्दिर व्यवस्थापन समितिले सम्पूर्ण तयारी पूरा गरेको जनाएको हो ।

मत्स्यनारायण मन्दिरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै चन्द्रागिरी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष अच्युत अधिकारीले मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताए। उनले मलमासको एक महिना अन्य भगवानको पूजा आराधना नहुँदा पुरुषोत्तम (विष्णु) भगवानको पूजा आराधना हुने बताएका छन् ।

मेलाको सम्पूर्ण तयारी सकिसकेको र दर्शनार्थीका लागि आवश्यक दर्शनको सहज प्रबन्ध मिलाइएको बताए । मन्दिर परिसरमा जाने सडक मार्ग पनि व्यवस्थित र निर्माण गरिएको उनकाे भनाइ छ । उनले सौर्यमण्डल र चन्द्रमण्डलको गतिमा केही अन्तर आउँदा त्यो अन्तर प्रत्येक १ वर्षमा ११ दिन हुने र त्यही ११ दिन गणना गर्दा ३३ दिन पुगेपछि मलामास शुरु हुने बताए । 

मलामासमा मत्स्यनरयाणस्थित नागकुण्डमा स्नान गरे रोगहरु नष्ट हुने विश्वास रहेको छ । पौराणिक कथन अनुसार भगवान विष्णुले मच्छेगाउँमा दश अवतारमध्ये पहिलो मत्स्य अवतार ग्रहण गरेको मान्यता छ ।

पौराणिक राजा सत्यव्रतले कुवा खनाएको र पछि भगवान विष्णुले त्यही कुवामा मत्स्यावतार धारण गरेको तथ्य विभिन्न पुराणमा उल्लेखित छ । गोपालवंशका पालामा मात्रै कुवाको अस्तित्व सार्वजनिक भएको र मन्दिर लिच्छविकालमा निर्माण भएको विश्वास गरिन्छ ।



प्रतिक्रिया दिनुहोस !