१३ आश्विन २०८१, आइतबार

आजदेखि मलमास, मत्स्येनारायण मेला सुरू 

प्रकाशित मिति :  18 July, 2023 8:37 am


काठमाडाैँ। आज (मंगलवार) देखि मलमास सुरू भएकाे छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर ९ स्थित मत्स्येनारायण मन्दिरमा मत्स्येनारयाण (मलमास) मेला सुरू भएकाे छ। 

मत्स्येनारायण मन्दिरमा आज आयोजित पत्रकार सम्मेलन गर्दै साेमवार चन्द्रागिरी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष अच्युत अधिकारीले मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएका थिए। 

मलमासको एक महिना अन्य भगवानको पूजा आराधना नहुँदा पुरुषोत्तम (विष्णु) भगवानको पूजा आराधना हुने गरेकाे छ । अधिकारीले मेलाको सम्पूर्ण तयारी सकिसकेको र दर्शनार्थीका लागि आवश्यक दर्शनको सहज प्रवन्ध मिलाइएको बताए।

मन्दिर परिसरमा जाने सडक मार्ग पनि व्यवस्थित र निर्माण गरिएको तथा मेलामा जाने वृद्धवृद्धा, शारीरिक अशक्त भएका भक्तजनहरुका लागि सहज व्यवस्थापन गरेको अध्यक्ष अधिकारीले बताए । 

मत्स्येनारायण मन्दिरका पुजारीका अनुसार मलमासको मेला मंगलवारबाट शुरु हुने र मलामास एउटा औंसिदेखि अर्को औंसिमा गएर समापन हुनेछ । सौर्यमण्डल र चन्द्रमण्डलको गतिमा केही अन्तर आउँदा त्यो अन्तर प्रत्येक १ वर्षमा ११ दिन हुने र त्यही ११ दिन गणना गर्दा ३३ दिन पुगेपछि मलामास शुरु हुने गरेकाे छ।

मलामासमा मत्स्येनरयाणस्थित नागकुण्डमा स्नान गरे रोगहरु नष्ट हुने विश्वास रहेको छ । पौराणिक कथनअनुसार भगवान विष्णुले मच्छेगाउँमा दश अवतारमध्ये पहिलो मत्स्य अवतार ग्रहण गरेको मान्यता छ । 

पौराणिक राजा सत्यव्रतले कुवा खनाएको र पछि भगवान विष्णुले त्यही कुवामा मत्स्यावतार धारण गरेको तथ्य विभिन्न पुराणमा उल्लेखित छ । गोपालवंशका पालामा मात्रै कुवाको अस्तित्व सार्वजनिक भएको र मन्दिर लिच्छविकालमा निर्माण भएको विश्वास गरिन्छ ।



प्रतिक्रिया दिनुहोस !