१३ आश्विन २०८१, आइतबार

देशभर आंशिक देखि सामान्य बदली रही वर्षाको सम्भावना

प्रकाशित मिति :  18 July, 2023 11:38 am


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिक देखि सामान्य बदली रही वर्षाको सम्भावना रहेको जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदरको स्थानभन्दा दक्षिणतर्फ अवस्थित रहेको छ । विभागको मौसमी बुलेटिन अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । अहिले बाग्मती र गण्डकी प्रदेशका धेरै र बाकिँ प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै र बाकिँ प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन सहित भारी वर्षाको पनि सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर आंसिक देखि सामान्य बदली रहनेछ भने सबै प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका एकदुई स्थानमा मेघगर्जन सहित भारी वर्षाको पनि सम्भावना रहेको छ ।

मेघ(गर्जन तथा चट्याङ्गका कारणले हुन सक्ने क्षति तथा बाढी, पहिरो, डुबान, भू(क्षय र गेग्रान बहावका कारण हुन सक्ने जोखिम बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !