१३ आश्विन २०८१, आइतबार

मानबहादुर श्रेष्ठ बने राष्ट्रिय भलिबल टोलीको कप्तान

प्रकाशित मिति :  18 July, 2023 11:40 am


काठमाडौँ । नेपाल भलिबल संघले श्रेष्ठलाई नयाँ कप्तान नियुक्त गरेको हो। संघको सोमबार बसेको कार्यसमितिको बैठकले उनलाई कप्तान नियुक्त गरेको जनाइएको छ।

यसअघि हरिहजुर थापा राष्ट्रिय भलिबल टोलीका कप्तान थिए। भलिबल संघले उनलाई असार ३१ मा कप्तानबाट हटाएको थियो। उनी गत महीना मात्रै कप्तान नियुक्त भएका थिए।

सातौँ प्रधानमन्त्री कप महिला तथा पुरुष एनभिए राष्ट्रिय भलिबल क्लब लिग अन्तर्गत गण्डकी प्रदेशविरुद्ध खेलका क्रममा दर्शकमाथि हातपात गरेपछि संघले तत्कालीन कप्तान हरिहजुर थापालाई कप्तानबाट पदमुक्त गरेको थियो।

घटनाका बारेमा छानबिन गर्न बनेको ५ सदस्यीय समितिले बुझाएको प्रतिवेदन र त्यसले दिएको सुझावका आधारमा भलिबल संघको कार्यसम्पादन समितिको बैठकले थापालाई कप्तानबाट हटाउने निर्णय गरेको थियो।



प्रतिक्रिया दिनुहोस !