१३ आश्विन २०८१, आइतबार

सानेपामा नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सुरू

प्रकाशित मिति :  18 July, 2023 2:39 pm


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सुरू भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरू बैठकमा विभिन्न १० वटा एजेन्डामा छलफल हुने जनाइएको छ ।

बैठकमा समसामयिक विषय, राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासन, सांगठनिक कार्य योजना, विभाग गठन, निर्वाचन र सरकारको समीक्षा हुने जनाइएको छ ।

कांग्रेस बैठक एक वर्षपछि बसेको हो । केन्द्रीय समिति बैठकको पार्टीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण पनि गरिएको छ ।

बैठकमा महामन्त्री गगन थापाले पार्टीको एजेण्डा सुनाइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !