१३ आश्विन २०८१, आइतबार

महामन्त्री थापाको प्रस्ताव : हरेक दुईमहिना पछिको पहिलो साता केन्द्रिय समिति बैठक

प्रकाशित मिति :  18 July, 2023 2:57 pm


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सानेपामा सुरु भएको छ ।

मंगलबार दिउँसो सुरु भएको बैठकमा महामन्त्री गगन थापाले दुईरदुई महिनामा बैठक सञ्चालन गर्ने प्रस्ताव राखेका छन् ।

विधानअनुसार हरेक दुईरदुई महिनामा बैठक हुनुपर्ने भएपनि एक वर्षपछि मंगलबार बैठक बसेको हो । महामन्त्री थापाले हरेक दुई दुई महिनापछिको पहिलो साता केन्द्रीय कार्यसमितिको बैठक बस्ने प्रस्ताव गरेका छन् ।

थापाले अहिलको बैठक साउनको पहिलो साता बसेकाले अरू बैठक पनि पहिलो साता बस्ने प्रस्ताव पढेर सुनाएका हुन् ।

थापाले एकवर्षे कार्ययोजना प्रस्तुत गर्दै अबका बैठक असोज, मंसिर, माघ, चैत र जेठको पहिलो साता बस्ने प्रस्ताव गरे ।

वर्षमा न्यूनतम दुई बैठक काठमाडौंबाहिर गर्ने प्रस्ताव थापाले राखे ।



प्रतिक्रिया दिनुहोस !