१३ आश्विन २०८१, आइतबार

नेप्से ९ अंकले बढ्यो कारोबार रकम साढे ३ अर्ब रूपैयाँ

प्रकाशित मिति :  18 July, 2023 3:27 pm


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजार सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक ९.९१ अंकले बढेर २१५४ं०७ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ३.०४ अंकले बढेर ४०७.१३ अंकमा पुगेको छ ।

मंगलबार नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ६ वटा उपमुहको सेयरमूल्य घटेको छ भने ७ वटा उपमुहकको सेयरमूल्य घटेको छ ।

आजको दिन कारोबार रकमका आधारमा स्वावलम्बन लघुवित्तको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २१ करोड ७७ लाख ३९ हजार ८ सय ६३ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन विपीडब्लू लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरकात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । फण्डको मूल्य ५.१४ प्रतिशतले घटेको छ ।
कुल २५५ कम्पनीको ८६ लाख ७६ हजार ४ सय ३८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !