१३ आश्विन २०८१, आइतबार

आज मध्यम वर्षा मात्र हुने, हावाहुरी र बाढीपहिराेकाे जाेखिम भने रहने

प्रकाशित मिति :  19 July, 2023 8:56 am


काठमाडाैँ । आज (बुधवार) देशभर भारी वर्षा नहुने तर पाँच प्रदेशमा हल्कादेखि मध्यम वर्षासम्म पर्ने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । 

“कर्णाली र सुदुरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका  एक-दुई स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ,” बुधवार बिहान प्रकाशित विभागकाे माैसम पूर्मानुमान बुलेटिलमा भनिएकाे छ।

हावा-हुरी, भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेकाे छ।



प्रतिक्रिया दिनुहोस !