१३ आश्विन २०८१, आइतबार

सिनामंगलमा पर्चा सहित शङ्कास्पद वस्तु भेटियो

प्रकाशित मिति :  19 July, 2023 10:46 am


काठमाडौं । सिनामंगल पुल नजिक शङ्कास्पद वस्तु फेला परेको हो । सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएकाे छ ।

शङ्कास्पद वस्तुसँगै एक पर्चा पनि फेला परेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ । अहिले गौशालाको प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

पर्चामा, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला । संयोजक सफल ।’ लेखिएको छ ।



प्रतिक्रिया दिनुहोस !