१३ आश्विन २०८१, आइतबार

प्रदेश समितिलाई उपेक्षा गरे पार्टी संगठन कमजोर बन्छः सभापति शर्मा

प्रकाशित मिति :  19 July, 2023 1:00 pm


काठमाडाैँ । नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले प्रदेश समितिलाई उपेक्षा गरेको बताएका छन् ।

बुधबार पार्टीको केन्द्रिय कार्यसमितिको बैठकमा बोल्दै उनले प्रदेश समितिलाई उपेक्षा गर्ने गरिएको बताउँदै पार्टीका नेताहरू प्रदेश समितिसँग समन्वय नगरिकन सिधैँ जिल्ला र स्थानीय तहमा जाने गरेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले पार्टीका कार्यक्रमहरूमा प्रदेश कमिटीलाई बाहिरै राख्ने गरिएको उल्लेख गर्दै आगामी दिनमा त्यसो नगर्न आग्रह गरेका छन् । प्रदेशलाई कम महत्व दिए पार्टी संगठन कमजोर हुने उनकाे भनाइ छ ।

शर्माले प्रदेश सभापतिहरूलाई केन्द्रिय समिति बैठकमा विधानसम्मत् ढंगले उपस्थित गराउन माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !