१३ आश्विन २०८१, आइतबार

नेपाल खेलको माध्यमबाट विश्व विजयी हुनसक्छः मन्त्री लिम्बू

प्रकाशित मिति :  19 July, 2023 2:00 pm


काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपाल खेलको माध्यमबाट विश्व विजयी हुनसक्ने बताएका छन् ।व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई बुधबार मन्त्रालयमा बिदाई गर्दै उनले नेपाली खेलाडीले थप मेहनत गर्दै जाँदा खेलबाट विश्व जित्ने सम्भावना बढीरहेको बताएका हुन् ।

मन्त्री लिम्बू खेलाडी भण्डारीले व्यवसायिक फुटबलमा पनि राम्रो कौशल प्रदर्शन गरी इजरायलसँगको नेपालको सम्बन्धलाई थप प्रगाढ बनाउने बताए ।

उनले युरोप लिग खेलिसकेपछि त्यसले नेपालको फुटबलमा पनि राम्रो विकास हुने अपेक्षा गरेको बताए ।उनले भने, ‘सावित्रा बहिनी नेपालको फुटबलमा राम्रो दखल राख्ने खेलाडीको रुपमा स्थापित व्यक्तित्व हो । इजरायलसँग हाम्रो लामो दौंत्य सम्बन्ध छ । अहिलेसम्म विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । खेल क्षेत्रबाट नेपाल र इजरायलको सम्बन्ध झनै बढाउनुपर्छ । हामी खेलको माध्यमबाट संसारमा विजय गर्नसक्छौँ भन्ने देखिएको छ, त्यसैले नेपाली खेलाडीले थप मेहनत गर्नुपर्छ, अनुशासित भएर अघि बढ्नुपर्छ । खेलकुदको थप विकास गर्नेकुरामा मन्त्रालय प्रतिबद्ध छ ।’ 

मन्त्री लिम्बूले खेलकुदको थप विकास गर्ने कुरामा मन्त्रालय प्रतिवद्ध रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !